प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा सोमबार दिउसो थप ५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका  ४ पुरुष र १ महिला गरी थप ५ जनामा  मंगलबार  दिउसो सक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ ।

the authoradmin

Leave a Reply