Uncategorizedसमाचारस्वास्थ्यहाइलाइट-समाचार

पोखरामा थपिए ११ कोरोना संक्रमित

Nepal Akhabar

नेपाल अखबार, पोखरा । शुक्रबार पोखरामा थप ११ जनामा सक्रमण पुष्टि भएको छ । उनिहरु वडानम्बर १, २, ३, ५, ११, १४ र १६ का रहेको स्वास्थ्य निर्देशनालय गण्कडीले जनकारी दिएको छ । वडानम्बर २ मा संक्रमित व्यक्ती कामना बिकाश बैंक दिप शाखा र वडानम्बर ३ का संक्रमित एभरेष्ट बैंक अमरसिंह शाखामा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

वडानम्बर १२ का संक्रमित ईन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत रहेको वडानम्बर १ का संक्रमित मोबाईल पसल संचालक हुन् । वडानम्बर ५ का संक्रमित औधोगिक क्षेत्रमा कार्यरत व्यक्ती रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । अन्य व्यक्तीहरु कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेको हुन् । यो सहित गण्डकीमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । बिहान पनि कास्की सहित ४ जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply