दुर्घटनासमाचार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको वालिङ  नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय  भानुभक्त गैह्रे र २२ वर्षीय  श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् ।
काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको छ ।
दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् ।

the authoradmin

Leave a Reply