मनोरञ्जनविदेशसमाचार

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए ।
१४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज, केशव र दिपेश सावन्तसँग सोधपुछ गरेको छ । क्रियटिभ डिजाइनर सिद्धार्थ सुशान्तको साथीको नाताले फ्ल्याटमा नै बसिरहेका थिए । यी चारैजनालाई घटनाका मुख्य साक्षीको रुपमा हेरिएको छ । नायकका घरेलु सहयोगी निरजसँग आठ दिन, सिद्धार्थसँग सात दिन, हाउसकिपर दिपेशसँग पाँच दिन र कुक केशवसँग चार दिनदेखि सोधपुछ गरिरहेको छ ।
यदि सुशान्तको हत्या भएको हो भने यी चारजनालाई यसको जानकारी हुने र यदि यसलाई आत्महत्या देखाउने कोसिस भएको हो भने यीमध्ये कम्तीमा एक व्यक्ति त षड्यन्त्रमा समावेश हुनसक्ने वा यदि यो आत्महत्या हो भने उनीहरु यसको कारणबाट अवगत हुनसक्ने अनुमान गरिरहेको छ । यी चारैजना १३–१४ जूनमा त्यहाँ उपस्थित थिए जब सुशान्तलाई मृत पाइएको थियो ।
चिसो पानी मागेः
१४ जून बिहान निरज सुशान्तको कुकुरलाई घुमाउनका लागि गए र ८ बजे फर्किए । नायकले आफ्नो कोठाबाट चिसो पानी मागे । निरजले सुशान्तलाई चिसो पानी दिए । पानी दिँदा सुशान्तले निरजलाई मुस्कानसहित सोधे, ‘सबै कुरा ठिक छ नि ?’ साथै उनले हल सफा भयो भनेर पनि सोधे । निरजले ‘भयो’ भनेर जवाफ दिए । त्यसपछि सुशान्त फेरि कोठामा गए । निरजका अनुसार सुशान्तको स्वभाव राम्रो थियो र तनावमा हुँदा पनि आफ्नो रिस देखाउँदैनथे ।
स्रोतका अनुसार दिपेशले अनुसन्धानाकर्तालाई भने, ‘१३ जून राती सुशान्तले रातीको खाना खान मानेनन् र एउटा म्याङ्गो सेक बनाइदिन भने । दिपेश राती करिब साढे १० बजे सुत्न गए र १४ जून बिहान करिब साढे पाँच बजे उठे । लगभग साढे ६ बजे उनी सुशान्तको कोठामा गए र ढोका ढक्ढकाए जुन खुल्ला थियो ।’
दिपेश कोठामा जाँदा सुशान्त पहिले नै उठेर बेडमा बसिरहेका थिए । दिपेशले ‘गुड मर्निङ सर’ भने । सुशान्तले जवाफ फर्काए । दिपेशले सुशान्तलाई ‘चया वा ब्रेकफास्ट खानुहुन्छ ?’ भनेर सोध्दा उनले ‘अहिले पर्दैन’ भने । दिपेशले सिबिआईलाई दिएको जानकारीमा सुशान्तको व्यवहार असामान्य नदेखिएको बताए । सुशान्त आफ्नो कोठमा एक्लै थिए, पङ्खा चलिरहेको थियो र झ्यालका पर्दा खुल्ला थिए । सुशान्तका सहयोगीमध्ये दिपेश सबैभन्दा चाँडो उठ्छन् । निरज र केशव दुबै बिहान ७ बजे आसपास उठ्छन् ।

the authoradmin

Leave a Reply