Thursday, April 23

श्रृंगार सामाग्रीविक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

नेपाल अखबार, पाेखरा।  पितृ पक्षशुभारम्भको दिनपारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागिखाद्यान्न सहयोग गरेका छन ।
सम्पूर्ण पितृहरुको सम्झनागर्दै पोखराको विरौटामा रहेको उक्तआमा समूहकादुईजनासदस्यले बुधबार पोखरा १७स्थितपोखरा बृद्धाश्रममानुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्कलगायतका सामाग्रीहरु वितरण गरेको समूहकाअध्यक्षनन्दकुमारी गुरुङले जानकारी दिईन् । कोरोनामहामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस भन्ने उद्धेस्यका साथ समूहमा आवद्ध पवित्रापोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्रीप्रदान गरेकाहुन् ।
बन्दाबन्दीकै समयमाउनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथाकुशन र गुडियाबनाएर विक्रिी गरेकाथिए । र तीसामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहकासल्लाहकार देविथापाले बताईन् ।सदस्यहरुले आफूहरुको पहिलो कमाइ नै समाजसेवामाखर्च गर्ने ईच्छा देखाएको भन्दै उनले बृद्धाश्रममाआश्रित ज्येष्ठ नागरिकहरुको आशिर्वाद पनिमिल्ने र राहतपनिपुग्ने भएकाले सहयोग गरिएको उनको भनाई थियो ।
सदस्यहरुकालागिगतवर्ष प्रदानगरिएको तालीममासिकेको सीपप्रयोग गरी उनीहरुले श्रृङ्गारका सामाग्रीबनाउन सफलभएकाहुन् ।
लकडाउनमा सिकेको सीप पछिसम्म पनिकामलाग्ने भएकाले पितृहरुको आशिर्वाद लिन बृद्धाश्रममा सहयोग लिएर पुगेको समूहकासदस्यअन्जु क्षेत्रीले बताईन् । त्यस्तै कोरोनामहामारीको बेलाआफूले आर्जन गरेको रकमबाट बुबाआमाको आर्शिवादलिएर सहयोग गर्न पाउँदाखुसीलागेको समूहका सदस्यपवित्रापोखरेलले बताईन् ।
जनजागरण आमा समूहका सदस्यहरुको यस प्रकारको सहयोगले सबैलाई उदहारण प्रस्तुत गरेको भन्दै दुबैजनालाई अध्यक्षनन्दकुमारी गुरुङले धन्यबादव्यक्तगरिन् ।
कोभिड १९ को विषम परिस्थितिमाआमा समूहले गरेको पुण्य कार्यबाट निकै सहयोग पुग्ने बृद्धाश्रम सञ्चालक समितिका सदस्यश्रीनाथआचार्यले बताए । विषम परिस्थितिमा नेपाल सरकार, स्थानीय तहहरुबाट पनिखासै सहयोग हुननसकेको उहाँको गुनासो थियो । बृद्धाश्रममाअहिले १ सय ४ वर्षीय बृद्ध सहित ५५ जना बृद्ध बृद्धाहरु आश्रित रहेका छन् ।
सो अवसरमा बृद्ध बृद्धाहरुले सहयोग प्रतिआभार व्यक्तगर्दै विश्वमामहामारीको रुपमा देखा परेको कोरोनाभाईरसको अन्त्यभई पहिलेकै जस्तो जीवनयापन सहजहोस भन्ने कामना गरेकाथिए ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *