Thursday, April 23

दोलई खोलामा पहेँलो रङको कछुवा फेला

नेपाल अखबार, दाङ ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा  पहेँलो रङको कछुवा भेटिएको छ ।
स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् ।
राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले  सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो ।
संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले  उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए ।
सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो ।  यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *