राजनीतिसमाचारहाइलाइट-समाचार

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

Nepal Akhabar

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मनत्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी  खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ ।

संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन थिए ।

the authoradmin

Leave a Reply