विदेशसमाचार

भारतीय सीमा सुरक्षा बलले चलायो गोली, बंगलादेशी युवाको मृत्यु

नेपाल अखबार, एजेन्सि।  भारत–बंगलादेश सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर एक बंगलादेशी युवाको मृत्यु भएको  छ । चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ  । मृत्यु हुनेमा  तेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका युवा रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकका अनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेका थिए । बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए ।
यस घटनापछि बादशाहको शव बोर्डरमै राखिएको छ । बंगलादेशी सेनाका लेफ्टिनेन्ट कोलोनल महमुद्धुल हसनका अनुसार ग राति सीमामा दुुई पटक बन्दुक पड्किएको आवाज सुनिएको थियो, त्यहाँ शव भेटिएको जानकारी पनि उनले दिए ।

the authoradmin

Leave a Reply