समाचारसमाजस्वास्थ्य

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए।
मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यो जम्मा संक्रमितहरुबाट मृतयु हुने ० दशमलव ६३ प्रतिशत हो।

the authoradmin

Leave a Reply