समाचारस्वास्थ्य

कोरोना संक्रमणबाट ६ जनाको निधन

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको पुष्टि गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन्। मृत्यु हुनेमा काठमाडौँकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ। यो जम्मा संक्रमितको ०.६३ प्रतिशत हो।

the authoradmin

Leave a Reply