Tuesday, July 7

काठमाडौं बाहिर जान सम्बन्धित गन्तव्य स्थानको सिफारिस अनिवार्य

नेपाल अखबार, काठमाडौं । बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ ।
काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ ।
मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *