Wednesday, April 22

थप १ हजार ४९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। कोरोना संक्रमण निको हुने प्रतिशत ७१.५ रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *