Wednesday, April 22

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्बन्धी भविष्यवाणी गर्न सकिने

नेपाल अखबार, काठमाडाैं। रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ।

अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका हुन्।
स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ।
‘भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ’ अध्ययन प्रतिवेदनमा लेखिएको छ ।
भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन्।
बेल्जियमको युनिभर्सिटी हस्पिटल्स लेउभेनका डा. लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो।
अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो। उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो। अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए।
अध्ययनको नेतृत्वकर्ता डा. एन्टोनिओले भने,“भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ।”
उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *