नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

