विदेशसमाचार

पैसा माग्दा नपाएपछि रिसले चुर हुँदै पतिको रामधुलाई

नेपाल अखबार, एजेन्सि। श्रीमतीले किनमेल र घरखर्चका लागि पैसा माग्दा नपाएपछि श्रीमानको रामधुलाई गरेकी छिन् । पत्नीको कुटाइबाट अर्धचेत भएका श्रीमानलाई अस्पताल नै भर्ना गर्न प¥यो । घटना छिमेकी मुलुक भारतको हो ।

मयुर विहार इलाकामा घटेको यो घटनामा प्रहरीले जनाएअनुसार श्रीमान घर पुगेपछि श्रीमतीले पैसा मागिन् । श्रीमानले लकडाउनका कारण व्यवसाय धरापमा परेको र साथीसँग सापट मागेर दिने बताएपछि श्रीमती रिसले आगो भइन् ।

तुरुन्तै उनले भुइँ सफा गर्ने वाइपरले श्रीमानमाथि अन्धाधुन्ध प्रहार गरिन् । वाइपरको प्रहारबाट श्रीमान सख्त घाइते भए । उनलाई श्रीमतीले घरभित्र लखेटी लखेटी कुटेकी थिइन् ।
जसोतसो घरबाट निस्कन सफल भएका उनलाई घाइतेवस्थामा छिमेकीले लालबहादुर शास्त्री अस्पताल पु¥याएका थिए । २ दिनको उपचाारपछि घर फर्किएर उनले श्रीमतीविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।
प्रहरीका अनुसार उक्त परिवार मयुर विहारको त्रिलोकपुरीमा १२ र १६ वर्षको छोरासहित बस्दै आएका छन् ।
हाल प्रहरीले श्रीमतीसँग सोधपुछ गरी छानबीन सुरु गरेको छ ।

the authoradmin

Leave a Reply