समाचारस्वास्थ्य

नेपालमा एकैदिन १५ सय ३९ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाका पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ८ लाख ७२ हजार २७४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।
यो कूल संक्रमितमध्यको ७१.५ प्रतिशत हो।

the authoradmin

Leave a Reply