दुर्घटनासमाचार

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, घोराही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो ।
उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

the authoradmin

Leave a Reply