नेपाल अखबार, काठमाडाैं। आज (सोमबार) दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय समितिको बैठक भोलि (मंगलबार) का लागि सारिएको छ।
नेकपा सचिवालय समितिका एक सदस्यका अनुसार बैठक मंगलबार साढे १२ बजेका लागि सारिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।
आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ। कारण खुलस्त पारिएको छैन।

