समाचारसमाज

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

नेपाल अखबार, सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ ।
मंगलवार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मंगलवार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । उहाँ लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र तीन छोराछोरी रहेका छन् । रासस

the authoradmin

Leave a Reply