नेपाल अखबार, एजेन्सि । दक्षिण अफ्रिकी राष्ट्र बोत्सवानामा यसैवर्ष सयौं हात्तीहरु रहस्यमयी तवरबाट मरेका थिए।
छोटो समयमै धेरै हात्तीहरु मरेपछि स्थानीय अधिकारीहरु अचम्मित बनेका थिए।हात्तीका शरीरमा चोट थिएन। हात्ती तस्करले मारेका थिएनन्।
सायौं हात्तीहरु कसरी मरे त? यो विषयमा अनुसन्धान भएको थियो।
सायौं हात्तीहरु कसरी मरे त? यो विषयमा अनुसन्धान भएको थियो।
जमेको पानीमा यो विषाक्त ब्याक्टेरिया पाइने वैज्ञानिकहरु बताउँछन्।

यो ब्याक्टेरिया ब्लु–ग्रिन अल्गीजस्तो पानीमा फैलने पनि गर्दछ।
मरेका हात्तीमा अनुसन्धान गर्दा हात्तीको शरीरमा साइनोब्याक्टेरिया फेला परेको बीबीसीले जनाएको छ।
अधिकाँश मरेका हात्तीहरु जमेको पानी छेउमा भेटिएका थिए।
पानी पिउँदा सोही जमेको तलाउबाट ब्याक्टेरिया हात्तीको शरीरमा प्रवेश गरेको बताइएको छ।

