Thursday, April 23

पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए

नेपाल अखबार, पाल्पा  ।  पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् ।
गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।
घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । ‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *