Wednesday, April 22

मुख्यमन्त्री गुरुङद्वारा स्याङ्जामा बाढीपहिरोल पुर्याएको क्षतिको बारेमा दुःख व्यक्त

नेपाल अखबार, पाेखरा।  स्याङ्जा, बागलुङ लगायत जिल्लामा बाढीपहिरोले  पुर्याएको मानवीय तथा भौतिक क्षतिको बारेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गर्नुभएको छ ।
लगातारको वर्षासँगै आएको बाढीपहिरोले बागलुङ तथा स्याङ्जाका विभिन्न ठाँउमा पुर्याएको मानवीय तथा भौतिक क्षतिको घटनाले आफूलाई स्तब्ध बनाएको मुख्यमन्त्री गुरुङद्वारा जारी शोक वक्तब्यमा जनाइएको छ ।
यस दुःखद् घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस संकटको घडीमा खोजी, उद्धार र उपचार कार्यमा जुट्ने सवैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछुमुख्यमन्त्री गुरुङले शोक वक्तब्यमा भनिएको छ ।
बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको शीघ्र खोजी तथा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनस्र्थापनामा तदारुकताकासाथ लाग्न सम्वन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको लागि प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु, मुख्यमन्त्री गुरुङले भन्नुभएको छ ।
यतिवेला अविरल बर्षाका कारण वाढी पहिरोको जोखिम वढिरहेको अवस्थामा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्वन्धित सवै पक्ष लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *