Friday, April 24

काठमाडौंमा कोठा खोज्न आएका दुई युवकले घरधनीको सिक्री लुटे

नेपाल अखबार, काठमाडौं। काठमाडौंमा बिहीबार साँझ कोठा खोज्ने निहुँमा पेप्सीकोला पुगेका दुई युवकले घरधनीको सुनको सिक्री लुटेर भागेका छन्।
प्ररहीका अनुसार डेरा खोज्दै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिकै घर भएकी पवित्रा बिडारी उप्रेतीको घर पुगेका दुई युवकले उनको सिक्री लुटेर भागेका हुन्।
भुइँतलाका दुई कोठा मासिक १० हजार तिर्नेगरी लिने कुरा मिलिसकेपछि उनीहरूले घरमा को-को हुनुहुन्छ भनेर सोधेका थिए।

त्यसपछि घरधनी उप्रेतीले दोस्रो तला भाडामा दिएको र तेस्रो तलामा छोरो बस्ने जानकारी गराएपछि उनीहरूले एक्कासि सुन, पैसा मागे र सबै नदिए राम्रो नहुने चेतावनी दिए।
अनि आफूले डराएर लगाइराखेकाे १ तोलाको सिक्री दिएको पीडित महिलाले बताएकी छन्। सिक्री पाएपछि ती युवक स्कुटरमा भागेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरूको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *