Thursday, April 23

विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए

इरफानअलि, वीरगंज । विधुत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।
लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाएका छन ।
विश्वमा एकातिर कोरोना महामारीका कारण नेपाल लगायत विश्व नै आक्रान्त बनेको छ । कोरोनाका कारण विश्वले नै अपुर्णिय क्षति व्यह्रोनु परेको छ । यस महामारीले मानिस भौतिक दुरी कायम गरी सम्पुर्ण कामकाज गर्न नेपाल सरकारले अहवान गरेता पनि नेपाल विधुत प्राधिकरण पर्सा वितरण केन्द्रले हाल सम्म यस रोगको कारण देखाई आफनो पुरानो लयमा फर्कन नसकेकोले पर्सेली जनतालाई यसको ठुलै मार खेप्नु परेको अध्यक्ष मोहम्मद सहाबुदिनले विधुत प्राधिकरण प्रमुख यादवको ध्यानकर्षन गराएका हुन।
विधुत प्राधिरणको कारण आम नेपाली नागरिकलाई सास्ती मात्र खेप्नु परेको भन्दै यथाशिघ्र यस्ता र्कायमा सुधार ल्याउन अध्यक्ष सहाबुदिनले आग्रह गरेका हुन । सुधार नल्याए कानुनी प्रकृयामा जाने भन्दै फाउण्डेशनका सचिव धिरज प्रसाद गुप्ताले प्रमुख यादवलाई ज्ञापन पत्र सुनाएका हुन ।
ज्ञापन पत्र कार्यक्रममा फाउण्डेशनको सह सचिव मिँन्टु देवि सिंह,कोषाध्यक्ष मनोहर साह,सदस्य प्रिति संिह,जितेन्द्र सिहं,विपि कोईराला युवा नेतृत्व विकास मञ्च पर्साका अध्यक्ष हरिन्द्र प्रसाद यादव,दिपेश श्रीवास्तव,कृष्ण ओझा,महेश पौडेल,सनतोष कुमार गुप्ता,शेख नेजामुदिन,दिनानाथ प्रसाद गुप्ता,पप्पु सिंह, सदिप कुमार केवट,जितेन्द्र ठाकुर ,पप्पु बैठा,संजय पटेल, अशोक बैठा, कर्ण पटेल, लालबाबु साह,युथ कांग्रेस नेपालका प्रदेश २ राहुल गुप्ता लगायतका र्कायक्रताको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *