विचारसाहित्य \कलाहाइलाइट-समाचार

कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।

पुरुषोत्तम पौडेल , हेटौडा । हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई वुझ्न हामीलाई खास कठिनाइ थिएन । गाऊ गाऊमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराईमा त सामन्तहरूको बिगबिगी भएकोले सजिलै वुझिन्थ्यो । दलाल तथा नौकरशाही पुजीपतीहरूलाई वुझ्न निक्कै समय लाग्यो । आजकल भने दलाल तथा नौकरशाही पुजीपतीहरूको वजार अली गरम भएको देखिन्छ । देशको पुजीवजार र लगानीको क्षेत्रलाई उनिहरूको सिधै नियन्त्रण गर्न थालेको देखिन्छ । अरू त अरू राज्यले लगाऊने ठेक्का पट्टामा समेत दलाल पुजीपतिहरूले हातको सफाई गरेको चर्चा हुन थालेको छ । त्यसैले होला अहिले दलाल पुजीपती वर्गलाई नेपाली समाजको परिवर्तनको प्रमुख वाधाको रूपमा हेर्न थालीएको छ ।
हामी किशोर अवस्था देखी नै राजनीतिमा समाहित भयौ । सुरू देखी नै ‘दलाल पुँजीवाद’ को ठाडो विरोध गरेर नारा लगाउदै आएका पनि हौ । जती विरोध गरेपनी यसको अर्थ र चरित्र भने राम्ररी बुझिएको थिएन । दलाल पुँजीवादको घनघोर विरोध गरेको हुनाले यसलाई वुझ्ने सन्दर्भमा मैले पनी थोरै मेहनत गरेको थिए । विरगंज जेलमा वस्दा विभिन्न विषयमा गम्भीर वहस हुने गर्दथ्यो । एक दिनको घमासान वहस दलाल पुजीवादको वारेमा थियो । त्यो वहसलाई मैले आफ्नो जेल डायरीमा उतारेको थिए । अहिले डायरी पल्टाऊदै जाने क्रममा दलालपुजीवादका वारेमा गरेको टिपोट चट्ट फेला पर्यो । स्पेनिस भाषाको ” कम्प्राडोर ” शव्दबाट विभीन्न भाषाहरू घुम्दै फिर्दै नेपाली भाषामा आई पुग्दा वनेको ठेट शब्द हो ” दलालपुजीवाद “।
दलाल पुँजीपती देशका त्यस्ता कारोबारी व्यवसायीहरू हुन, जो आफै उत्पादनशिल र सिर्जनाका काम गर्दैनन । उनिहरू केवल विदेशी लगानी कर्ताहरू र ठूला पुँजीपतिहरूका स्थानीय दलाल भएर सेवा गर्दछन । विशेष गरी औपनिवेशिक कालमा विदेशी कम्पनीहरूलाई सिधै अर्को देशमा गएर काम गर्न सम्पर्क, भाषा सहित अनेक थरीका समस्या आई पर्दथ्यो । त्यसले गर्दा उनिहरू पहिले स्थानीय दलालहरूलाई हातमा लिएर आफ्नो काम निकाल्ने गर्थे । विदेशी मालीकहरूले आफ्नो काममा सहयोग गरे वापत स्थानीय दलालहरूलाई निस्चीत धनराशि दलाली भागको रूपमा दिन्थे । दलालहरू त्यसैमा रमाऊथे र आफ्नो देश भन्दा विदेशी मालीकहरूको जयजयकार गर्दथे ।
उनिहरूको बफादारी पनि विदेशी मालीकहरू सँगै हुने गर्दथ्यो । यसो हुनाले उनिहरूको राष्ट्रीयता संग कुनै संगत साईनो हुदैन थियो । उनिहरूको सरोकार दलाली र उद्देश्य पैसा कमाऊनु मात्र हुन्थ्यो । तिनै दलालहरू कालान्तरमा “दामदार” भएर दलाल पुजीपती कहलिएका हुन । दलालहरू संग दलाली गरेर कमाएको पुजीको श्रोत हुदैन थियो । उनिहरू आफ्नो पुजीलाई वैध वनाऊन लगानीका क्षेत्रहरू खोजी रहेका हुन्थे । यसै क्रममा उनिहरूको नोकरशाही तन्त्र संग मितेरी गासिन पुग्छ । भ्रष्ट राजनितीक नेताहरू संग साईनो कसीन्छ । विस्तारै देश डुवाऊने प्रपञ्च सुरू हुन्छ ।
दलाल पुजीपतिहरू आफै उद्योग धन्दा खोलेर उत्पादनमा लाग्दैनथे । उत्पादनमा नलागेपछि देशको कच्चा पदार्थ विदेश पठाऊने र विदेश वाट पक्का मालवस्तु झिकाएर कमिसन खाने काममा लागी रहन्थे । यसले आफ्नो देशमा रोजगारीका अवसरहरूको सिर्जना हुदैन थियो । यसपछि देशमा स्वभाविक ढंगले बेरोजगारी र गरिवी वढ्दै जान्छ । देशवाट कच्चा पदार्थ पठाऊने र मालवस्तु भित्र्याएर विदेशी कम्पनी संग कमिसन खाने दलालहरू भने पैसावाल र झन झन धनी हुदै जान्थे । उनिहरू जति जती धनी हुदै जान्थे त्यती ठुला दलाल हुन्थे र देशलाई कमजोर वनाऊने जाल वुन्दै जान्थे । सारमा ” देशविरूध्दको षडयन्त्र, कमिसन खोरी र भ्रष्टाचारको ठिमाहा सन्तान नै दलालपुजीवाद ” हो ।
दलालहरू आफ्नो लागी ठुल-ठुला र राम्रा-राम्रा वङ्गला वनाऊथे । विलासी तथा महँगा-महँगा गाडीहरू खरिद गरेर ऐश आराम गर्थे । आफ्नो देश जति जती उधो लागेर कङ्गाल भएपनि दलालहरूलाई कुनै मतलव हुँदैन थियो । यसैले होला नेपालका प्राय सवै कम्युनिष्ट घटकहरूले ” दलाल पुँजीवादको अन्त्य र राष्ट्रीय पुजीको विकाश ” को पक्षमा अडान राख्दै आएका छन । विशेष गरी तेस्रो विश्वका देशहरूमा युरोपियन व्यापारीहरूले आफ्नो तर्फवाट काम गर्नको लागी खटाएका प्रबन्धक हरूलाइ नै दलालपुजीपतीको रूपमा चिनिन्थ्यो । आज विश्वमा संगठित लगानी कर्ताहरू तिनै प्रवन्धकहरू र तिनका आसेपासेहरू नै हुन ।
नेपालमा व्रीटीश गोर्खा भर्तीको सुरूआत, र १९५० को सन्धि पछि दलालपुजीपतिको गर्भाधान भएर विकाश हुन सुरू गरेको हो । पंचायत काल भरी दलाल पुजीवाद शुसुप्त अवस्थामा थियो । २०४८ सालको आम चुनाव पछि नेपाली काँग्रेसको वलियो सरकार वन्यो । त्यस पछि निजीकरण र उदारवादको नाममा स्वदेशी कच्चा पदार्थमा आधारित सवै कलकारखानाहरू निजीकरण गरियो । यसले देशमा उत्पादकत्व घट्नुको साथै बेरोजगारी समस्याको श्रृजना गर्नुका साथै दलाल पुजीवादको लागी स्थान खाली गरि दियो । यही वाट नेपाली युवाहरूमा विदेश पलायनको चक्कर चल्यो ।अनी सरकार विदेश पलायनलाई समेत प्रोत्साहन र प्रवर्धन गर्न थाल्यो ।
मार्क्सवादी शास्त्रीय दृष्टिकोणले हेर्ने हो भने विदेशी साम्राज्यवादीहरूको स्वार्थ रक्षा तथा उसको पुजी वजार विस्तार गर्नको लागी राष्ट्रीय हित विपरीत काम गर्न तयार विचौलिया तव्का नै दलाल पुजीपती हो । दलाल पुजीपतीहरू जहिले पनि राष्ट्रिय पुँजीको विकाशको विपक्षमा रहेका हुन्छन । उनिहरूको स्वभाव र चरित्र आफ्नै पुजीको लगानी गरेर वैध आम्दानी गर्ने खालको हुदैन । उनिहरू सधै विदेशी पुँजी र विदेशी लगानीको पक्षमा वकालत गरिरहेको हुन्छन । जुन सुकै देशका नागरिक भएपनि उनिहरू केवल मुनाफा र निजी लाभमा निर्लिप्त हुन्छन । उनिहरूका सवै काम केवल दलाली भागका निम्ती मात्र हुन्छन । मूलतः लाभ र पुजीका निम्ती आफ्नो स्वत्व समेत वेच्न तयार व्यवसायीक तव्का नै दलाल पुजीपती हो ।
दलाल पुँजीवाद मुलतः राष्ट्रिय सिमा भित्र रहदैन । दलालहरूको राष्ट्रवाद संग कुनै साइनो-सरोकार पनि हुदैन । यसको अर्थ दलाल पुजीपतीहरू नागरिकताको बन्धनमा वाधिएर बस्दै वस्दैनन । उनिहरू दोहोरो तेहरो नागरिकता वोकिरहेका हुन्छन । देशको सिमा र नागरीकताको बन्धनबाट मुक्त शोषणको कुरूप प्रतिनीधी नै दलाल पुजीपती हुन । आफ्नो स्वत्व र छुट्टै राष्ट्रियता नभएको नाफाखोर पुँजीको चरित्र नै दलाल खालको हुन्छ । मूलतः दलाल पुँजीवादले देशको उत्पादकत्व र उत्पादन वढाऊने क्षेत्रमा लगानी गर्दैन । उसको लगानी सहज नाफा र तत्काल सेवा दिने क्षेत्रका काममा मात्र सिमीत हुने गर्दछ ।
दलाल पुँजीवाद देशको सत्ताको साचो चलाऊने मूख्य ताकतको सवभन्दा नजिकको मित्र बनेर बस्न रूचाऊछ । दलाल पुँजीवाद नोकरशाही तन्त्रको भीत्रीया मित्र हुन्छ । उसले राजनितिक नेतृत्वलाई भन्दा पहिले कर्मचारीतन्त्रलाई आफ्नो वनाई सकेको हुन्छ । नोकरशाही तन्त्र जहिले पनि देशको सुरक्षा र प्रगति भन्दा आफ्नो सुरक्षा र भविष्य प्रती चिन्तीत हुन्छ । यसको निम्ती वढि सचेत र कृयाशिल पनि हुन्छ । यसैले दलाल पुजीवाद संग यसको वहुतै गाढा सम्बन्ध हुन्छ । दलाल पुजीपतिहरूले नौकरशाही पुजीपतीको माध्यमवाट देशको राजनितीक नेतृत्वलाई पनि आफ्नो चंगुलमा पारेको हुन्छ ।
यस्तो पृष्ठभूमि र अहिलेको अवस्थाको मूल प्रश्न के हो भने आखिर को थिए त विगत दशकहरूमा नेपालका ती सबै विदेशी पुँजीवादका दलालहरू ? अहिले ती दलाल पुँजीवादीहरू नेपालमा कहाँ वसेर को सँग के गर्दैछन् ? आजकल नेपालमा किन ” दलाल पुँजीवाद मुर्दावाद ” को नारा लाग्दैन । के अब नेपालमा दलाल पुँजीवाद पनि पराजीत भएर राष्ट्रीय र उत्पादनशील पुँजीपती वर्गमा रूपान्तरण भएको हो र ? कि दलाल पुँजीवादले अड्डा मात्र परिवर्तन गरेको हो ? फेरी पनि कतिपय सम्वेदनशिल क्षेत्रका महानुभावहरूको दलाल पुँजीवाद संगको नाता सम्बन्ध झॅाङ्गीएको देख्दा दलाल चरित्रको मर्म पात्रहरूले राम्रै संग बुझेको प्रतीत हुन्छ ।
हाम्रो देशको राजनीतिक नेतृत्व पनि दलाल पुँजीपतिहरूको चंगुल भन्दा वाहीर देखिदैनन । हिजो दलालनौकरशाही पुजीपतिहरूको नाईके लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख वनाउन को को लागे । कस-कसले ईमान देखाउने प्रयत्न गरे । फेरी अलीकती कसरत पछि कसरी विलाए । लोकमान सिह कार्कीले अती गरेपछि संसदमा महाभियोगको प्रस्ताव किन दर्ता भयो । महाभियोग माथी छलफल गराएर पारीत गर्ने ऑट किन गरिएन । सर्वोच्च अदालतले विदा गरेपछि उसमाथि किन सामान्य छानविन पनि भएन ? देशका छानीएका ईमान्दारहरू महाशयहरू सत्तामा भएर पनि लोकमान सिंह जस्तो देशघाती कुकर्मी सकुशल कसरी फुत्कन सफल भयो । कारण दुनियाका अगाडी स्पष्ट छ । लोकमान सिह देशभरिका दलाल तथा नौकरशाही पुजीपतीहरूको नाईके थिए । उनिमाथी छानविन गरी कार्यवाही गर्ने कुराले धेरैलाई अप्ठेरोमा पार्न सक्ने थियो । खिस्सा खत्तम भयो ।
लोकमान सिंहले अत्यधिक उपयोग गरेका विचौलीयाहरू अहिले सत्ताको नजीक वसेर काम गरिरहेका छन । दीपक मलहोत्रा, दीपक भट्ट त्यतीखेरका वहुचर्चित संलग्न पात्रहरू हुन । अहिले लगानी बोर्डमा नियुक्ती पाएका सुशिल भट्ट दिपक आफ्नै दाजु हुन । यी मात्र होईन यस्ता खालका थुप्रै पात्रहरू अहिले पनि सत्ताको वरिपरी घुमेर रमाऊन सक्नुले कस्तो सङ्केत गर्दछ ? लगानी वोर्ड जस्तो राज्यको खरवौको लगानी प्रतीवध्दता व्यवस्थापन गर्ने वोर्डमा विचौलीयाको परिचय वनाएका व्यक्ती नियुक्ती हुनु संयोग मात्र होला र ? सचेत दुनीयाले कसरी लिन्छन । एकपटक विचार गर्नै पर्छ । दिगम्वर झा जस्ता भ्रष्ट र दलाल व्यक्ती दुर संचार प्राधिकरण जस्तो राज्यको सम्वेदनशिल प्रतिष्ठानको अध्यक्ष वनाईनु केवल भ्रम मात्र कसरी होला र । स्वच्छ र स्वतन्त्र मनले विचार गरे मात्र रहस्य वुझ्न सकिन्छ ।
शुध्द नाफा कमाऊन कृयाशिल कम्पनी ‘यती’का साधारण कर्मचारी नेपाल ट्रष्ट जस्तो विसुध्द शैक्षिक तथा सामाजीक उद्देश्य वोकेको राजकिय संस्थाको वोर्डमा पुग्न सफल भए । यती ग्रुपकै अनेक व्यापारिक कम्पनीका लागी नियम मात्र होईन अध्यक्ष परिवर्तन गर्न सरकार तयार भयो रे । एनसेल जस्तो कम्पनीको अरवौको आयकर छुट प्रकरण रूमलीएर वर्षौ बर्ष उसै थन्की रह्यो । उसलाई कर छुट गराऊन राज्यका दिग्गज दिग्गज व्यक्तित्वहरू मज्जाले लागी पर्न तयार भए । सर्वोच्च अदालत उसैको पक्षमा फैसला गर्न तयार भएको जस्तो लाग्छ । अनी देशभक्त सरकार मरि मेटेर ओम्नी जस्ता अविश्वसनीय धन्दावाल कम्पनीको पछि लागी रहेको हुन्छ । मेलम्चीमा काम गरिरहेको ठेकेदारलाई भगाएर अझ वढि लगानी लगाउन मरि मेटिन्छ । अली कती घोत्लिएर सोचौ त । कता जादैछौ ।
वास्तवमा दलाल पुँजीवादले ठुल ठुला पार्टी कार्यालयहरूमा अड्डा जमाऊन थाली सकेको वुझिन्छ । त्यती मात्र होईन । भनिदैछ ठुला पार्टीका खाईलाग्दा नेताहरूको छर-छिमेकमा दलाल पुँजीपतिहरूले वस्ती वसाई सकेका छन । हिजो भएका राजनितिक नियुक्तीमा अव्वल क्षमता देखाएका र जनताले रूचाएका कुलमान घिसीङ जस्ता काबिल व्यक्ती किन योग्य ठहरिएनन । युवराज खतिवडा र अली असगर जस्ता जनताले अनुभूती नगरेका र देशले वुझ्न पनि नसकी रहेका व्यक्तीहरू किन दोहोरी-तेहरी पदासिन भैरहन्छन । शुशिल भट्ट र दिगम्वर झा जस्ता विचौलीयाहरूको त कुरै अर्को छ । आङफुटी शेर्पा र लोक दर्शनहरू प्रीय लाग्छन । यसको पछाडिको खेल के हो ? हामी खुल्ला वहस गर्न तयार छौ त ।
हामी अहिले देशमा राजनीतिक त्रान्ति पूरा भएको कुरा गरिरहेका छौ । राजनीतिक क्रान्ति पुरा हुनुको अर्थ अव देशमा सामन्तवाद तथा दलाल पुँजीवादको अन्त्य भएको मान्नु पर्छ । तर तथ्यले त्यस्तो देखाऊदैन । सामन्तवाद सल्वलाउन छोडेको छैन । देशमा दलाल नौकरशाही पुजीवाद झन संगठित र प्रभावी भएको देखीन्छ । यसको मतलव देशले दलाल पुजीवाद विरूध्द अर्को टफ लडाई लड्न वाकी नै छ । अर्थात सामन्तवाद पराजीत भएर शुसुप्त अवस्थामा भएपनि दलाल पुजीपती वर्ग झन वलियो भएर आऊदै गरेको देखिन्छ ।
अहिले देशको व्यापार घाटाको आँकडा विकराल छ । देशभित्र स्वदेशी उद्योग कल कारखाना खुल्नुको सट्टा वन्द हुदै गएको अवस्था छ । देशमा दलाली खाने चरित्रका व्यापार तथा सेवा व्यवसाय मात्र फस्टाएको अवस्था जारी छ । अझ यस्तोमा सरकार आफै लगानी सम्मेलन गरेर ठुला लगानी कर्ताहरू र विदेशी पुँजीपतिहरूलाई गुहार लगाई रहेको छ । उनिहरूलाई आफ्नो देशमा आएर लगानी गरिदिन बिन्तीभाउ गरिरहेको छ । उनिहरू नआई दिने हुन की भनेर चिन्ताले पसिना वगाई रहेको अवस्था छ । यसले दलाल नौकरशाही पुजीवाद मौलाऊने वाटो अझ फराकिलो पारी दिन्छ र राष्ट्रीयपुजी र आत्मनिर्भर अर्थतन्त्र को विकाशको सम्भावनालाई नै खुम्च्याई दिन्छ । यो नेपाल जस्तो देशको निम्ती किमार्थ शुभ लक्षण होइन । यसर्थ जनताले क्रान्ती सम्पन्न गर्यौ, भनेर ढुक्क हुने वेला भएको छैन । क्रान्ती निरन्तर जारी रहन्छ ।।।

the authoradmin

Leave a Reply