दुर्घटनासमाचार

कास्कीमा स्कुटर दुर्घटना, १ को मृत्यु

नेपाल अखबार,पाेखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलमा ग १०प २१२२ नं.को स्कुटर शनिबार बिहान ४.३० बजे दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कास्की जिल्लाबाट पर्वत जिल्लातर्फ जादै गरेको उक्त स्कुटर कास्की र पर्वत जिल्ला जोड्ने पुलको बारमा ठोक्किँदा र्दुघटना भएको हो । दुर्घटनामा परी स्कुटरको पछाडी सवार स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका– ६ निवासी २६ वर्षीय पुस्कर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६.३० मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते स्कुटर चालक स्याङ्जा आधिखोला गाउँपालिका–६ निवासी २५ वर्षीय सन्तोष न्यौपानेको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

the authoradmin

Leave a Reply