Thursday, April 23

कंगनाले गरिन् महेश भट्टमाथि हमला, श्रीमती सोनीले दिइन् यस्तो जवाफ

नेपाल अखबार,एजेन्सि ।सुशान्त सिंह राजपूतको मृत्युको विषयमा एम्सको रिपोर्ट सार्वजनिक भएको छ जसमा अभिनेताको मृत्यु हत्या नभई आत्महत्या भएको बताइएको छ । यो रिपोर्ट सार्वजनिक भएपछि कंगना रनौतले यसमा आफ्नो प्रतिक्रिया जनाएकी छिन् । कंगनाको ट्वीटमाथि बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी श्रीमती सोनी राजदानले प्रतिक्रिया दिएकी छिन् । सोनीले ट्वीटमा कंगनाको नाम नलिइकनै पोस्ट लेखेकी छिन् ।
सोनीले ट्वीटमा लेखिन्, ‘कोही व्यक्ति बिहान अचानक उठेर आत्महत्या गर्दैन भनेर जसले भनेको छ नि, त्यो कुरामा म सहमत छु । यस्तो कसैले पनि गर्दैन । यही त पूरा मुद्दा हो । उनीहरु लामो समयसम्म पीडित भएका हुन्छन्, निकै समस्या झेलिसकेका हुन्छन्, त्यसपछि नै त यस्तो कदम उठाउँछन् ।’
सोनीले अर्को एउटा ट्वीट पनि गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘कृपया मानसिक स्वास्थ्यलाई कम नआँकियोस् । यसलाई एउटा रोगको रुपमा बुझ्न जरुरी छ । यसबाट टाढा भाग्ने कोसिस नगर्नुहोस् र उपचार गराउन पनि नलजाउनुहोस् । यस्तो गरेर तपाईं आफ्नो जीवन बचाउन सक्नुहुन्छ ।’
स्मरण रहोस्, एम्सको रिपोर्ट आएपछि कंगनाले आफ्नो आधिकारिक ट्वीटरमा एउटा पोस्ट लेखेकी थिइन् । ‘जवान र अद्भूत व्यक्तिले अचानक उठेर आफूले आफैंलाई मार्दैनन् । सुशान्तले भनेका थिए कि उनलाई तनावमा पारिएको थियो । उनलाई आफ्नो ज्यानको खतरा थियो । उनले भनेका थिए कि फिल्म माफियाले उनलाई प्रतिबन्ध गरेका थिए । उनी बलात्कारको झुटो आरोपले मानसिक रुपमा निकै प्रभावित भएका थिए ।’
कंगनाले अर्को पोस्टमा लेखिन्, ‘हामीलाई केही प्रश्नको जवाफ चाहिन्छ । सुशान्तले भनेका थिए कि ठूला निर्माण कम्पनीले उनलाई प्रतिबन्ध गरेका थिए । हामीले थाहा पाउनुपर्छ कि उनीहरु को थिए ? अर्को कि मिडियाले उनी बलात्कारी भएको झुटो खबर किन फैलायो ?’
यस्तै कंगनाले अर्को प्रश्न पनि सोधिन्, ‘महेश भट्टले सुशान्तको मनोविश्लेषण किन गरिरहेका थिए ?’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *