प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो ।
म्याग्दीमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको बेनी नगरपालिकामा नेपाली सेनामा कार्यरत रहेका छन् ।
त्यस्तै तनहुँमा पनि २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर १२ का ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कृषि सामाग्री कम्पनी लिमिटेडमा कार्यरत रहेका छन् ।
त्यस्तै सोही नगरपालिकाका ५१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । तर उनी विद्यालयका शिक्षक रहेको बताइएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय १३ पुगेको छ ।

the authoradmin

Leave a Reply