समाचारहाइलाइट-समाचार

डा.केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भिर भएन: राष्ट्रिय मानवअधिकार आयोग

Nepal Akhabar

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले भदौ २९ गतेदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा डा. केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु र त्यसको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।
आयोगले डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासो नदिएको आरोप लगाउँदै केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह समेत गरेको छ । यसअघि आयोगको बाग्मती प्रदेश कार्यालयको टोलीले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीको अवस्थाबारे अनुगमन समेत गरेको थियो । सो अनुगमन टोली केसीको स्वास्थ्य अवस्थालाई सरकाले गम्भिरतापूर्वक नलिएको निश्कर्ष निकालेको छ ।
विज्ञप्तिमा आयोगले वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छः ‘‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

the authoradmin

Leave a Reply