प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिए

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेमा लमजुङ सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर गैँडाकोट २ , ४ र ५ का क्रमश ४९ र ५० वर्षीया महिला तथा २९ वर्षीय पुरुष, हुप्सेकोट ४ का ३२ वर्षीय पुरुष, कावासोती १ र ८ का २५ र २३ वर्षीय पुरुष एवं देवचुली २ र १४ का ३४ र २५ वर्षीया महिला रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ४ सय १० पुगेको छ ।

the authoradmin

Leave a Reply