नेपाल अखबार, काठमाडाैं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।
समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।
यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ ।
समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज्ञप्तिमा नेपालसहित विभिन्न देशमा कुन समयमा टीका लगाउने भनेर स्थानीय समयसहितको साइतबारे जानकारी दिइएको हो ।
यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ । पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिर कुन साइतमा टीका लगाउने भन्नेबारे समय किटान गर्ने छैन ।
Nepal Akhabar > Blog > धर्म/संस्कृति > यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक
Leave a reply