Monday, April 20

नेपालमा हालसम्म काेराेना संक्रमित हुनेको संख्या १ लाख नाघ्याे

नेपाल अखबार, काठमाडाैं । देशभर हालसम्म संक्रमितको संख्या १ लाख पार गरेको छ।
शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
बिहीबारसम्म कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको थियो।
गएको २४ घण्टामा १३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *