प्रदेश ४समाचारस्वास्थ्य

पोखरामा थप १० जनामा कोरोना पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १० जना सहित गण्डकी प्रदेशमा १३ कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १० जना तथा गोरखा, स्याङजा र पर्वतका १–१ जना गरी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा १ का ३७ वर्षीय कपडा पसलमा कार्यरत पुरुष, पोखरा ७ का सडक कार्यालयमा कार्यरत ३१ वर्षीय पुरुष र सोही वडाका ६० वर्षीय पुरुष, पोखरा १० की २४ वर्षीया महिला, पोखरा १३ की १७ वर्षीया महिला तथा ३१ वर्षीय पुरुष, पोखरा १७ का ४२ वर्षीय पुरुष तथा २९ र ३५ वर्षीया महिला, पोखरा २६ की होम डेकोर सञ्चालक २६ वर्षीया महिला रहेका छन ।
त्यसै गरी नेपाल टेलिकम काठमाण्डौमा कार्यरत पर्वत कुश्मा १० का ३० वर्षीय पुरुष, गोरखा ७ की २५ वर्षीया महिला र स्याङजा चापाकोट ८ का ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय ९२ पुगेको छ ।

the authoradmin

Leave a Reply