Friday, July 10

प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने

नेपाल अखबार, काठमाडाैं। सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने कडायतले जानकारी दिए ।
कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रधान कार्यालयले सचेत गराएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *