समाचारस्वास्थ्य

पोखरामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा। पोखरामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीका २९ जना, नवलपुरका ६० जना, तनहुँका २६ जना, बागलुङका ७ जना, स्याङजाका १ जना र लमजुङका २ जना गरी प्रदेशका ५ जिल्लामा१ सय २६ संक्रमित थपिएको जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का १ पुरुष, ५ का ३ पुरुष, ६ का १ पुरुष र १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का ३ पुरुष र २ महिला, १३ का २ पुरुष, १४ का १ पुरुष र १ महिला, २५ का ३ पुरुष र २ महिला, २९ का १ पुरुष रहेका छन् ।
त्यसैगरी तनहुँ शुक्लागण्डकीका ४, ५ र ७ का ८ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष, बन्दीपुर १ का २ महिला र २ पुरुष, भिमाद ६ का १ पुरुष तथा ३ महिला, ब्यास १ , २, ३, ४, १०, र १४ का ६ पुरुष र ५ महिला, स्याङजा भिरकोट की १ महिला, लम्जुङ मध्येनेपाल २ र ४ का १ पुरुष र १ महिला तथा बागलुङमा नेपाल आर्मीमा कार्यरत २ पुरुष तथा १, २, ४, ७, र १० का ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नवलपुर देबचुलिका १५ वटा वडाका १६ महिनाका बालकसहित २७ जना पुरुष , वडा र लिङ्ग नखुलेका २ जना, तथा २६ जना महिला, मध्यबिन्दु १४ का १ पुरुष एवं गैँडाकोट १४, १५, र १६ का ३ पुरुष र १ महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुएको छ ।

the authoradmin

Leave a Reply