अर्थसमाचार

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

नेपालअखबार, तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो ।

हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाउ बढेसँगै विद्युत् उत्पादन बढेको हो । उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

the authoradmin