Friday, August 21

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

नेपालअखबार, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

Advertisement

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए।

Advertisement
Advertisement

‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ,’ उनले भने।

Advertisement

त्यसैगरी चट्याङ लागेर पुनर्वास नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो।

थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन्। ‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। घटनाबारे विस्तृतमा आउन बाँकी छ,’ उनले भने।