अर्थप्रदेश ४समाचार

पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?

गोरखा सदरमुकाममा दोस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा आगामी पुस ४ देखि १३ गतेसम्म मेला हुने भएको हो । ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ १० दिनसम्म मेला सञ्चालन हुने क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने ।
भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘हाम्रा धेरै संस्कृती लोप हुने अवस्थामा पुगेका छन्, तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो, मेला मार्फत उजागर गर्न चाहान्छौ ।’
त्यस्तै भ्रमण बर्ष २०२० मा अधिक रुपमा जिल्लामा पर्यटक भित्राउनका लागि गोरखाको इतिहासलाई प्रचार प्रसार गर्ने समेत मेलाले उदेश्य लिएको छ ।
मेला अवधिभर लोकदोहोरी, हास्यब्यंग्य, पप गायक, आधुनिक लगायत गरि ५० जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने क्लबले जनाएको छ । करिब ७० हजार आन्तरिक तथा बाह्य दर्शक भित्राउने लक्ष्य सहित हुन लागेको मेलामा एक सयको हाराहारीमा स्टल रहने बताइएको छ ।
करिब ४६ लाख २५ हार खर्च अनुमान गरिएको मेलाको बाल उद्यान, साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शनी मुख्य आकर्षण रहेको क्लबले जनाएको छ । ‘हामीले ४६ लाख खर्च हुने अनुमान गरेका छौ, गोरखामा हुने गरेका मेला महोत्सव भन्दा केही फरक ढंगबाट यो मेला गर्ने कोसिसमा छौ’ अध्यक्ष गुरुङले भने ।
मेला अबधी भर क्लबमा अवद्ध भएका १ सय ५० स्वयमसेवक खटाउने तयारी गरेको क्लबले शान्ति सुरक्षालाई ध्यानमा राखेर खेलकुद मैदान परिसर र आसपासमा सिसि क्यामेरा समेत जडान गर्ने बताएको छ । मेलाबाट २ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ । नाफा भएको रकमले खेलकुद मैदानको स्तरोन्नती गर्ने बताइएको छ ।
हालसम्म मेला आयोजना गर्न कतैबाट सहयोग रकम प्राप्त नभएको र बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग सहयोगका लागि आग्रह गरिएको क्लबले जनाएको छ । मेला आयोजनाको तयारीका लागि क्लबका अध्यक्ष बिशाल गुरुङको संयोजकत्वको मुल आयोजक समिती सहित बिभिन्न ९ उपसमिती समेत गठन भइसकेको क्लबले जनाएको छ ।

the authoradmin

Leave a Reply