समाचारस्वास्थ्य

काठमाडौंमा १४ जनामा देखियो हैजा

नेपाल अखबार, काठमाडाैं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ।

उपत्यकामा १४ जनामा हैजा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।

बुधबार गृह मन्त्रालयमा आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा दासले १४ जनामा हैजा देखिएको र उपचारपश्चात घर फर्किएका बताए

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

दासले हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको बताए।

the authoradmin