
नेपालअखबार, काठमाडाैं । मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो।
उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
धेरै समयपछि नेपालमा एकैदिन ९० संक्रमित थपिएका हुन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ।
अहिले देशभरि ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म ११ लाख २० हजार मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन्।

