Tuesday, May 5

आजै नागरिकता विधेयक नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

नेपालअखबार, काठमाडाैं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

Advertisement

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।