राजनीतिसमाचारस्वास्थ्य

स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्रीलाई प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन केसीलाई केही जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री खापुङले राज्यमन्त्री केसीलाई दिनुभएको पत्र अनुसार ५ वटा कामको जिम्मेवारी दिइएको छ ।

राज्यमन्त्री केसीले पाउनु भएको अधिकार 

१. मन्त्रालय वा अन्तर्गत निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने।

२. विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने ।

३. विशिष्टिकृत अस्पतालहरुको न्युनतम सेवा मापदण्ड  सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने। ।

४.राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने ।

५.मैले आवश्यक ठानी पेश गर्न लगाएका र तपाईले आवश्यक देखेका विषयहरु पेश गर्ने ।

the authoradmin