
नेपालअखबार, पोखरा । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन ।
पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो ।
सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्नेखालका गतिविधिमा लाग्नु पर्ने बताउँदै उहाँले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमवाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी संस्था बीच स्वच्छ प्रतिस्पर्दा एवम् पारदर्शितमा उहाँको जोड थियो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य पोखरा १७ को वडाअध्यक्ष र वसुन्धरा लामिछाने पोखरा ७ को वडासदस्यमा निर्वाचित हुनु भएकोमा उहाँहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो ।
सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारव्दय विष्णुबहादुर द्धारे र डिवी भुजेल,उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुम बहादुर जि.सी., शिक्षा उपसमितिका संयोजक रमेश ढुङ्गाना,सचिव गणेश श्रेष्ठ लगायतले सहकारीले गर्दै आएका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । पाँच सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको आठ करोड भन्दा बढीको कारोवार रहेको छ ।

