अपराधसमाचार

भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् ।

उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए ।

त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

the authoradmin