मनोरञ्जन

प्रियंका कार्कीलाई मन पर्ने ६ कुरा

नायिका प्रियंका कार्कीले आफूलाई मन पर्ने ६ वटा कामको सूची तयार गरेकी छन्।
आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् प्रियंकाले आफूलाई सबभन्दा मन पर्ने ६ वटा कुराको सूची सार्वजनिक गरेकी हुन्।
उनले सार्वजनिक गरेको सूची पनि अनौठो छ।
“तिम्रो हात समात्नु, तिम्रो जोक्समा हाँस्नु, तिमी सँगसँगै हिँड्नु, सोफामा आरामले सँगै सुत्नु, तिम्रो आँखामा हेर्नु र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु”, प्रियंकाले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
अर्थात्, उनले प्रेमी आयुष्मान देशराज जोशीसँग जोडिएका प्रिय ६ कुरा इन्स्टामा सेयर गरेकी छन्। यो सूचीसँगै प्रियंकाले आयुष्मानको तस्बिर समेत पोस्ट गरेकी छन्।
प्रियंकाको यो पोष्टमा प्रेमी आयुष्मानले समेत प्रतिक्रिया दिएका छन्।
उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु।’
गत वर्ष इन्गेजमेन्ट गरेका प्रियंका–आयुष्मानले विवाह गर्ने मिति भने तय गरिसकेका छैनन्।

the authoradmin

Leave a Reply