अर्थमनोरञ्जनसमाचारसमाज

नेपाल भ्रमण वर्षबारे गीत रचना गर्नुहोस्, पुरस्कार जित्नुहोस्

काठमाडौं । नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सरकारले सार्वजनिक आह्वान गरेको छ । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले प्रचार-प्रसारको लागि आधिकारिक गीत रचना गर्न सार्वजनिक आह्वान गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचार-प्रसार गीत–संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचना गर्न आह्वान गरेको हो । उत्कृष्ट गीतलाई पुरस्कार समेत प्रदान गरिने सचिवालयले जनाएको छ । पुरस्कार कति दिने भन्ने अहिलेसम्म टुंगो लागेको भने छैन।
गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्ने सचिवालयको भनाइ छ ।
गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउनुपर्ने सचिवालयका आईटी विज्ञ संगम ढकालले जानकारी दिए । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिइने भएको हो ।

the authoradmin

Leave a Reply