समाचार

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान

नेपालअखबार, पोखरा  । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ ।

महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।

the authoradmin