प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता

गोरखा । पालुङटार नगरपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने भएको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराए लगत्तै नगरपालिकाले बैंकमा खाता खोलेर नगद एक हजार समेत जम्मा गरिदिने भएको हो ।
५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पु¥याउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘अहिलेसम्म हुनेखाने मात्रै बैंकको पहुँचमा छन्, मेरो कार्यकालमा बैंकमा सबैको एकाउण्ट होस, चेक, एटिएमबाट कारोबार गर्ने बानीको विकास होस भन्ने उदेश्य हो’ उनले भने ‘बच्चाको जन्मदर्ता गराएकै दिन हामी खाता खोलेर १ हजार जम्मा गरिदिन्छौ ।’
सो सुविधा लिनका लागि पालुङटारको स्थायी बासिन्दा हुनुपर्ने बताइएको छ । कार्यक्रमले अभिभावकसंगै बालबालिकामा बचत गर्ने बानीको विकास हुने समेत नगरपालिकाले विश्वास गरेको छ ।
‘अहिले बिभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ’ नगरप्रमुख कडेंलले भने ‘कम्तिमा बालबालिकाकै खाता भयो भने बचत गरिदिउँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विस्वास हो ।’
सेवा लिन नगरपालिकाले अर्को सर्त समेत राखेको छ । जोखिमलाई न्यूनिकरण गर्न बच्चा भने स्वास्थ्य संस्थामा जन्मेको हुनुपर्ने बताइएको छ । हाल घरमै सोडेनीका भरमा हुने गरेका असुरक्षित प्रसुती कार्यलाई शुन्य बनाउन यस कार्यक्रमले मद्धत गर्ने नगरप्रमुख कडेंलको भनाई छ ।
‘अहिले जथाभावी रुपमा जोखिम मोलेर घरमै सुत्केरी गराउने, चेकजाँच नगराउने चलन छ’ उनले भने ‘सबैले सुरक्षित रुपमा स्वास्थ्य संस्थामा बच्चा जन्माउन् भनेर यो सर्त राखेका हौ ।’
तत्कालका लागि नगरभित्र रहेका बालबालिकाको खाता खोल्न कार्यालयले प्रभु बैंकलाई जिम्मा दिएको छ । गाउँमै गएर खाता खोलिदिने लगायतका सर्तमा नगरपालिका र बैंकबिच सम्झौता भएको बताइएको छ ।
कार्यक्रम बुधबार वडा नम्बर ४ बाट सुरु भएको हो । स्थानीय ४ महिने बालक आरोग्यमणी विश्वकर्माको खाता खोल्न कार्यालयका तर्फबाट नगरप्रमुख कडेंलले हस्ताक्षर गरी कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र गिरीले जानकारी दिए ।

the authoradmin

Leave a Reply