Saturday, April 18

पोखरामा पहिरोले पुरिँदा एकको मृत्यु

नेपालअखबार, पाेखरा । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्। अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

उनका अनुसार सोही घरमा भाडामा बस्दै आएका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। सो घटनामा माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोलाका २७ वर्षीया सुनिता सुनार भने घाइते भएकी छन्।

Advertisement

उनी मृतकका दिदी हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको  छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि अबिरल वर्षा भइरहेको छ।