समाचारस्वास्थ्य

रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान

नेपाल अखबार, पोखरा ।
नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताए । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताए । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरूको पूर्ण सदुपयोग गर्ने विश्वास समेत दिलाए ।